विधान संशोधनका लागि कांग्रेसको मस्यौदा समितिले माग्यो सुझाव

123

छिनछिन खबर
काठमाडौं, भदौ १४ । महामन्त्री पूर्णबहादुर खड्का संयोजक रहेको नेपाली कांग्रेस विधान मस्यौदा समितिले राय तथा सुझाव आह्वान गरेको छ । समितिले भदौ २१ गतेसम्म राय संकलन गर्ने जानकारी दिएको छ ।


समितिले नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन, प्रचलित कानुन तथा नयाँ संघीय व्यवस्था अनुसार नेपाली कांग्रेसलाई सशक्त, प्रभावकारी, पारदर्शी र समयानुकूल बनाउन विधानमा समावेश गर्नुपर्ने विषयहरुमा सुझाव आह्वान गरेको छ । समितिको बैठकले ‘सांगठनिक संरचना लगायतका सम्बन्धमा पार्टीको विधानमा के कस्ता संशोधन र परिमार्जन आवश्यक छ भनी सुझाव माग गरेको हो ।

Womui
Womui