ओली–मोदी भेटवार्ता भोलि, रक्सौल–वीरगन्ज–काठमाडौं रेलमार्ग निर्माणका विषयमा सहमति हुने

51

छिनछिन खबर
काठमाडौं, भदौ १४ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटमा पारस्परिक भ्रमणपछिको उपलब्धिहरुको मूल्याङकन हुने भएको छ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडी राष्ट्रहरुको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा सहभागी हुन मोदी नेपाल आएका छन् । दुवै प्रधानमन्त्रीबीचको औपचारिक भेट शुक्रबार हुने तय भएको छ ।प्रधानमन्त्री ओलीले गत चैतमा भारतको भ्रमण गरेका थिए भने भारतीय प्रधानमन्त्री मोदीले बैशाखको अन्तिम साता नेपाल भ्रमण गरेका थिए ।


शुक्रबार हुने दुवै देशका प्रधानमन्त्रीहरुको भेटमा भ्रमणपछिका उपलब्धिहरुका विषयमा छलफल हुने तय भएको प्रधानमन्त्री कार्यालयले बताएको हो । गत बैशाखमा भएको मोदीको नेपाल भ्रमणमा असोज २ गते भित्र नेपाल–भारतबीच भएका सबै पूर्व सहमति कार्यान्वयन गर्ने सहमति भएको थियो ।

यस्तै, भेटवार्ताका क्रममा रक्सौल–वीरगन्ज–काठमाडौं रेलमार्ग निर्माणका विषयमा सहमति हुने प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ । भोलि नै भारतीय दूतावासले पाशुपत क्षेत्रमा निमार्ण गरेको धर्मशाला दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

Womui
Womui