राष्ट्रपति भण्डारीसँग विमस्टेक भीभीआईपीद्वारा सामूहिक भेट

98

छिनछिन खबर
काठमाडौ, भदौ १४ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग विमस्टेक बैठकमा सहभागी हुन आएका विदेशी भीभीआइपी पाहुनाहरुले सामूहिक भेटवार्ता गरेका छन् ।


राष्ट्रपति भवन शीतल निवासमा उनीहरूले सामूहिक भेटवार्ता गरेका हुन् । भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बगंलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङचुक, म्यान्माका राष्ट्रपति विन मिन्ट, श्रीलङकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा सहभागी रहेको परराष्ट्र मन्त्रालालयले जनाएको छ ।

Womui
Womui