बिमस्टेक शिखर सम्मेलनका लागि भारतीय प्रधानमन्त्री मोदी काठमाडौं आइपुगे

91

छिनछिन खबर
काठमाडौं, भदौ १४ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन् । आजदेखि राजधानीमा शुरू हुने (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा सहभागी हुन मोदी एयर इन्डियाको विमानमार्फत त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । मोदीको सुरक्षालाई लिएर उनको आगमन हुने समयभन्दा १५ मिनेट अगावै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सबै उडान अवतरण बन्द गरिएको थियो ।

विमानस्थलमा मोदीलाई रक्षा मन्त्री ईश्वर पोखरेल, परराष्ट्र मन्त्रालयका अधिकारीलगायतले स्वागत गरेका थिए । मोदीलाई नेपाली सेनाको एक टोलीले सम्मान गारत अर्पण गरेको थियो । बिमस्टेक सम्म्ेलन काठमाडौंमा २ दिन बिहिबार र शुक्रबार चल्ने छ । यस सम्मेलनमा सात राष्ट्रका प्रमुखहरू सहभागी हुने छन् । सम्मेलनमा यि सात राष्ट्रका आर्थिक विकास, भौतिक विकास, आपसी सम्बन्धका बारेमा छलफल हुने छ ।सम्मेलनमा सहभागिताका लागि सदस्य राष्ट्रका प्रमुख तथा प्रधानमन्त्री आउने क्रम जारी छ । मोदी आएलगत्तै बंगलादेशकी प्रधानमन्त्री शेख हसिना पनि काठमाडौं अवतरण गरेकी छन् ।

Womui
Womui