राष्ट्रपतिद्वारा थापालाई प्रधान सेनापतिमा नियुक्त

18

छिनछिन खबर
काठमाडौं, भदौ १२ । नेपाली सेनाको प्रधान सेनापतिमा पूर्णचन्द्र थापा नियुक्त भएका छन् । कामु प्रधान सेनापतिका रुपमा काम गर्दै आएका थापालाई भदौ २४ गतेदेखि लागू हुने गरी राष्ट्रपति बिद्यादेवी भण्डारीले मंगलबार प्रधान सेनापतिमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले प्रेस बिज्ञप्तिमार्फत जानकारी दिएको छ ।


सरकारले गत साता उनलाई प्रधान सेनापतिमा नियुक्त गर्न सिफारिस गरेको थियो । थापाले साउन २४ गतेदेखि नै कामु प्रधासेनापतीका रुपमा सेनाको कमान्ड सम्हाल्दै आएका छन् । उनले तीन वर्ष सेनाको नेतृत्व सम्हाल्नेछन् ।

Womui
Womui