घरको भित्ता भत्केर सल्यानमा एकै परिवारका ५ को मृत्यु

267

छिनछिन खबर
नेपालगन्ज, भदौ १३ । सल्यानमा घरको भित्ता भत्केर एकै परिवारका ५ जनाको मुत्यु भएको छ । बागचौर नगरपालिका– ४ सिमाखोली सेतीगुराँस गाउँमा अविरल वर्षापछि पानीले भिजेको भित्ता भत्किएको हो । भित्ता भत्किँदा मृत्यु हुनेहरूमा ४० वर्षका रामसिंह कामी, उनकी ३५ वर्षीया श्रीमती रामकला, छोरीहरु ७ वर्षीया गंगा, ६ वर्षीया प्रमिला र ४ वर्षका छोरा रुपलाल रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक वीरेन्द्रबहादुर शाहले जानकारी दिए ।

सोही घटनामा ११ वर्षीया सुनिता विक घाइते भएकी छन् । मंगलबार राति वर्षापछि घरको भित्ता भत्किएर परिवारका सदस्य पुरिएपछि सुनिताले गाउँलेहरुलाई खबर गरेकी थिइन् । घटनास्थलमा प्रहरी टोली पुगिसकेको र प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल सहितको जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुको टोली पनि घटनास्थलजाँदै गरेको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।

Womui
Womui