राष्ट्रियसभाका तीन समितिमा उम्मेदवारी, एकमा परेन

26

छिनछिन खबर
काठमाडौं, भदौ १२ । राष्ट्रियसभा अन्तर्गतका चार समितिमध्ये तीन वटामा मंगलबार उम्मेदवारी परेको छ । विधायन व्यवस्थापन समितिको सभापतिमा पर्शुराम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा डा रामनारायण बिडारी र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल थापा (पार्वती) को उम्मेदवारी परेको हो । एकल उम्मेदवारी परेकोमा तीनै जना निर्वाचत हुने निश्चित छ ।


बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मनोनयन समय तोकिएकोमा दीगो विकास तथा सुशासन समितिमा भने कसैले उम्मेदवारी दर्ता गराएनन् । उक्त समितिको सभापतिका लागि पुनः मनोनयन प्रक्रियाबाट चयन गरिने सचिवालयले जनाएको छ । सभापतिहरुका बुधबार निर्वाचन हुने कार्यक्रम छ ।

Womui
Womui