पूर्व लडाकु विष्टलाई रोकेको घटनामा गृहमन्त्री थापाले यस्तो जवाफ दिए प्रधानमन्त्रीलाई

79

छिनछिन खबर
काठमाडौं, भदौ १२ । पूर्व लडाकु लेनिन बिष्टलाई बैंकक जानबाट रोकिएको घटनाबारे गृहमन्त्री रामबहादुर थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिखित जवाफ दिएका छन् । मंगलबार उनले जवाफ लेख्दै बिष्टलाई रोक्नुपर्ने कारणबारे उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले सोमबार गृहमन्त्रीलाई त्यसबारे २४ घन्टे स्पष्टिकरण सोधेका थिए । बिष्टले बाल सैन्यको विषयमा अन्तर्राष्ट्रिय मञ्चमा कुरा उठाउन सक्ने भएकाले गृहले उनलाई रोकेको आरोप लागेको थियो ।


तर, पूर्व बाललडाकुहरुकै उजुरीका आधारमा बिष्टलाई रोकिएको गृहमन्त्रीले प्रधानमन्त्रीलाई लेखेको पत्रमा उल्लेख छ । मन्त्रालय स्रोतका अनुसार बिष्टले पूर्व बाललडाकु संगठनको पैसा हिनामिना गरेको तथा अरुको नाममा आएको पत्रमा सधैं आफू विदेश जाने गरेको भनेर मन्त्रालयमै आएर पूर्व बाल लडाकूहरुले निवेदन दिएपछि रोकिएको उल्लेख छ । गत शुक्रबार एक कार्यक्रममा भाग लिन बैंकक जान लागेका बिष्टलाई अध्यागमनका कर्मचारीले शंकास्पद भ्रमण भन्दै रोकेका थिए । सो घटनाले स्वतन्त्र हिडडुल गर्न पाउने व्यक्तिको मानवअधिकारको हनन भएको भन्दै सरकारको आलोचना भइरहेको छ । प्रधानमन्त्रीले स्पष्टिकरण सोधेपछि यो घटनाले प्रधानमन्त्री ओली र गृहमन्त्री थापाबीच मनमुटाव समेत बढेको बताइएको छ ।

Womui
Womui