चोरी भएकी बालिकाको शव भेटियो

81

छिनछिन खबर

महोत्तरी, भदौ ११ । महोत्तरी १ औरही नगरपालिकाबाट आइतबार साँझ घरबाटै अपरिचित व्यक्तिबाट चोरी भएकी
सन्तोष चौधरीकी ८ महिने छोरी सोनालीको शव नजिकैको बगैचामा फेला परेको छ ।शिशुको हत्या हो वा होइन भन्ने विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ । शिशुको शरीरमा निलडाम देखिएका छन् ।

बालिकाका बुवा सन्तोष चौधरी औरही बजारका किराना पसल सञ्चालन गर्दै आइरहेका थिए । बालिकालाई आइतबार अज्ञात व्यक्तिले घरबाटै लगेको थियो । उनको अपहरण भएको हुन सक्ने प्रहरीको भनाइ छ ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ८ महिने बालिका मृत फेला परेपछि चौधरीको घरमा रुवाबासी चलेको छ । घटनाको विरोधमा र दोषी पहिचान गरी कारबाहीको माग गर्दै उद्योग वाणिज्य संघ औरही शाखाले औरही बजार बन्द गराएको छ ।

Womui
Womui