कञ्चनपुर अपडेटः बम दिदी बहिनीलाई ६ दिन थुनामा राख्न अदालतको अनुमति

128

छिनछिन अबर
काठमाडौं, भदौ ११ । कञ्चनपुर भीमदत्त नगरपालिका २ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्या अनुसन्धानका क्रममा पक्राउ परेका बबिता बम र रोशनी बमलाई थुनामा राख्न ६ दिने म्याद थपिएको छ ।जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश प्रकाश कुमार अधिकारीको एकल इजलासले बम दिदीबहिनीलाई निर्मला हत्याको अनुसन्धानका लागि अझै ६ दिन थुनामा राख्न अनुमति दिएको हो ।

भदौ ८ गते शनिबार प्रहरीले बम दिदी बहिनीलाई पक्राउ गरेको थियो । घटना हुने दिन गत साउन १० गते निर्मला बमको घर गएकी थिइन् । रोशनी बम र निर्मला एउटै विद्यालयमा सँगै पढ्थे । त्यो दिन रोशनीको घरमा गएकी निर्मलाको शव भोलिपल्ट उखुबारीमा फेला परेको थियो ।पोष्टमार्टम रिपोर्टबाट बलात्कारपछि घाँटी थिचेर उनको हत्या भएको देखिएको थियो ।निर्मलाको बलात्कारपछि हत्या अभियोगमा यसअघि प्रहरीले भीमदत्त नपा १९ का ४१ वर्षीय दिलिपसिंह विष्टलाई पक्राउ गरी सार्वजानिक गरेको थियो । स्थानीय बासिन्दाले दोषी पत्ता नलागेको भन्दै आन्दोलन गर्दे आइरहेका छन् ।

Womui
Womui