बसन्तपुरमा गाईजात्रा मनाइँदै

194

छिनछिन खबर
काठमाडौं, भदौ ११ । नेवार समुदायले हास्यव्यंग्य र ख्यालठट्टासहित मृतात्माको शान्तिको कामना गर्दै आज काठमाडौँ उपत्यका र मुलुकका मुख्य मुख्य शहरमा  धुमधामका साथ गाईजात्रा पर्व मनाइँदैछ ।यो पर्वमा एक वर्ष भित्र दिवंगत आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईको रुपमा सिँगारी आ–आफ्ना टोलमा परिक्रमा गराउने र ति गाइको रूपमा सिँगारिएका बच्चालाई श्रद्धालुद्धारा दूध, फलफूल, रोटी, चिउरा दहीका साथै अन्न र द्रव्य दान गर्ने चलन छ ।

यसो गर्नाले वर्षभरी मृत्यु भएका आफन्त व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहि आएको छ ।राजा प्रताप मल्लले पुत्रशोकले विह्वल रानीलाई दुनियाँले पनि यस्तो शोक व्यहोर्नुपर्छ भन्ने देखाउन जनतालाई पनि आ–आफना मरेका व्यक्तिको नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू भनि आदेश दिएकोमा यतिले पनि रानीको मन शान्त नभएपछि विभिन्न प्रकारका प्रहसन तथा व्यंगात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुसार जात्राको प्रचलन चलेको बताइन्छ ।

देशका विभिन्न सहरमा गाईजात्रा मनाइएपनि काठमाडौं उपत्यकामा यसको विशेष रौनकता पाईन्छ ।जात्रामा समाजमा विद्यमान विकृति र विसंगति उजागर गर्न सार्वजनिक रुपमा विभिन्न कार्यक्रममा आयोजना हुँदै आएको छ ।

Womui
Womui