कञ्चनपुरका एसपी बिष्ट पदबाट निलम्बित अन्य प्रहरीलाई मुख्यालय तानियो

40

छिनछिन खबर
काठमाडौं, भदौ ९ । निर्मला पन्तको बलात्कार तथा हत्या घटनाको अनुसन्धानमा लापरबाही गरेको आरोपमा गृह मन्त्रालयले एसपी दिल्लीराज बिष्टलाई  निलम्बन  गर्न  निर्णय गरेको छ । शनिबार मन्त्रालयले यस्तो निर्णय गरेको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए । छानबिन अवधिभरका लागि  निलम्बन गर्ने निर्णय भएको बताए । एसपी बिष्टलाई दुई दिनअघि कञ्चनपुरबाट हटाइएको थियो ।

 

हत्याका मुख्य अभियुक्तलाई उनले जोगाउने प्रयास गरेको आशंका गरिएको छ । बैठकले डिएसपी ज्ञानबहादुर सेठी र इन्सपेक्टर एकेन्द्र खड्कालाई मुख्यालय तान्ने निर्णय पनि भएको छ । स्रोतका अनुसार प्रारम्भिक प्रतिवेदनका आधारमा अनुसन्धानमा प्रहरीको गम्भीर लापरबाही रहेको देखिएपछि एसपी बिष्टलाई निलम्बन गरिएको हो । निर्मलाको बलात्कार तथा हत्यामा उनका निकट व्यक्तिको संलग्नताको आशंका गरिएको छ । प्रहरीले पन्तको बलात्कार तथा हत्या आरोपमा स्थानीय दिलीपसिंह बिष्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।

तर, घटनामा उनको संलग्नताको प्रमाण दिन सकेको छैन । गृहले सहसचिवको नेतृत्वमा जिल्लामा छानबिन टोली पठाइसकेको छ । गत साउन १० गते साथी रोशनी बमको घरमा पढ्न जाँदा उनको हत्या भएको थियो । प्रहरीले रोशनीलाई शनिबार मात्र पक्राउ गरेको छ ।

Womui
Womui