कञ्चनपुर अपडेटः निर्मला हत्या प्रकरणमा उनकै साथी रोशनीसहित दुई पक्राउ

130

छिनछिन खबर
महेन्दनगर, भदौ ९ । निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानका लागि दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा निर्मलाकी साथी रोशनी बम र उनकी दिदी अनिता रहेका हुन् । हत्या हुनु अघिल्लो दिन निर्मला रोशनीकहाँ नोटबुक लिन गएकी थिइन् ।

भीमदत्त नगरपालिका– २ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि गत साउन १० गते हत्या भएको थियो । आरोपीका रुपमा प्रहरीले नक्कली अभियुक्त सार्वजनिक गरेको भन्दै सर्वत्र विरोध भइरहेको छ । महेन्द्रनगरमा भएको प्रदर्शनमा शुक्रबार प्रहरीको गोली लागेर किशोर सन्नी खुनाको मृत्यु भएको थियो ।

Womui
Womui