प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र सिफारिस

102

छिनछिन खबर
काठमाडौं, भदौ ७ । संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रलाई सर्वसम्मत सिफारिस गरेको छ । बिहीबार बसेको परिषद्को बैठले मिश्रलाई सिफारिस गरेको हो । यसअघि प्रधानन्यायाधीशका लागि सिफारिस भएका दिपकराज जोशीको नाम संसदिय सुनुवाइ समितिले अस्वीकार गरेपछि नयाँ सिफारिसका लागि बैठक बसेको हो ।

अघिल्लो साता परिषद्को बैठक सरकारले बोलाइए पनि स्थगित भएको थियो। विपक्षी दलको नेता शेरबहादुर देउवा विदेश उपचारका लागि जाँदा संवैधानिक परिषद्को बैठक स्थगित भएको थियो । मिश्र २०७१ जेठ १३ मा सर्वोच्च अदालतको स्थायी न्यायाधीश भएका हुन् । मिश्र विशेष अदालत हुँदै सर्वोच्च पुगेका हुन् ।प्रधानमन्त्रीको अध्यक्षतामा हुने संवैधानिक परिषद्मा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रमुख विपक्षी दलको नेता र कानूनमन्त्री र प्रधानमन्त्रीले तोकेका एक मन्त्री सदस्य हुने प्रावधान छ।

अख्तियारका प्रमुख आयुक्तको विषयमा भने  परिषद्को बैठकमा छलफल भएन ।

Womui
Womui