कृषि पत्रकार संघको गम्भिर ध्यानाकर्षण

43

नेपालगन्ज, भदौं ७-
पत्रकार विजय मल्ललाई पत्रकार महासंघले सदस्यता निलम्वनको सिफारिस गरेकोप्रति कृषि पत्रकार संघ बाँकेले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । फेसबुक स्टाटसमा कमेन्ट लेखेकै आधारमा पूर्वाग्रही ढंगले विधि र प्रक्रिया नपुर्याई सदस्यता निलम्वन गरिनु बोल्न र लेख्न पाउने व्यक्तिगत स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको संघले ठहर गरेको छ ।

‘पत्रकार महासंघ स्वयं अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्ने संस्थाले आफ्नै सदस्यको बोल्न र लेख्न पाउने व्यक्तिगत स्वतन्त्रतामाथि अंकुश लगाउनु निन्दनीय कार्य हो,’ संघका सचिव प्रियास्मृती ढकालद्धारा जारी विज्ञप्तीमा भनिएको छ । छलफल र समन्वयको आधारमा टुंग्याउनुपर्ने बिषयलाई महासंघले छानविन समितिको नाममा पूर्वाग्रही निर्णय गरेको भन्दै तत्काल सच्चाउन माग गरिएको छ । महासंघका पदाधिकारीले समेत आफ्नो आचरण सुधारेर महासंघको गरिमालाई उच्च राख्नतर्फ भूमिका खेल्न ध्यानाकर्षण गराइएको छ । निलम्वनको सिफारिस फुकुवा नगरे चुप लागेर नबस्ने विज्ञप्तीमा उल्लेख छ ।

Womui
Womui