प्रधानमन्त्री ओलीले गरे गोबरग्याँस प्लान्ट उद्‌घाटन

97

छिनछिन खबर

विराटनगर, भदौ ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विराटनगरमा ३२ घरमा पुगेर बायोग्यास प्लानटको उद्घाटन गरेका छन् ।विराटनगर –१४ जतुवास्थित श्रीकृष्ण गौशालामा गोबर ग्यासप्लान्ट स्थापना गरी वरिपरिका घरमा पाइपबाट ग्यास वितरणको व्यवस्था मिलाइएपछि प्रधानमन्त्री ओलीले त्यसको उदघाटन गरे ।

बिश्व बैंकको सहयोगमा वैल्पिक ऊर्जा केन्द्र र विराटनगर महानगरपालिकाको सहयोगमा करिब १ करोड ५० लाख रुपैयाँ लगानीमा प्लान्ट स्थापना गरिएको हो । ग्यास प्लान्ट उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले ‘काँधमा सिलिन्डर बोकेर कुद्नुपर्ने अवस्थाको अन्य हुने’ भन्दै पुरानै कुरा दोहोर्याए ।‘

३२ परिवारले सिलिन्डर बोकेर अब काँध दुखाउनु पर्दैन,’ उनले भने, ‘छोटो समयभित्र अरु ४८ घरमा ग्यासका पाइप पुग्दैछ । ’ बायोग्यास प्लान्ट विराटनगर मात्र नभई स्याङ्जा, तनहुँ, कास्की लगायतका जिल्लामा पनि तयारी भइरहेको बताए ।फोहरलाई समस्या बन्न नदिई सम्पत्तिको रुपमा बदल्नु पर्ने प्रधानमन्त्री ओलीले तर्क गरे । उत्पादन, रोजगारी, आत्मनिर्भरता बढाउने कुरामा लगानी गर्न समेत मुलुकको समृद्धि सहज रहेको भन्दै उनले यी कुरामा लगानी गर्न उद्योगीरव्यवसायीलाई आग्रह गरे ।

Womui
Womui