प्रधानसेनापतिमा पूर्णचन्द्र थापा सिफारिस

42

छिनछिन खबर
काठमाडौं, भदौ ४ । नेपाली सेनाका बलाधिकृत रथी पूर्णचन्द्र थापालाई सरकारले प्रधानसेनापतिमा सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बैठकले थापालाई प्रधानसेनापतिमा सिफारिस गरेको हो । बैठकले थापालाई आगामी भदौ २५ बाट लागू हुने गरी नेपाली सेनाको प्रधानसेनापतिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।


राजेन्द्र क्षत्रीको भदौ २४ बाट पदावधिको हदले नेपाली सेनाबाट अवकाश पाउँदैछन् । थापालाई साउन १० गतेको नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय बमोजिम साउन २५ गतेको मितिबाट लागू हुने गरी कायम मुकायम प्रधानसेनापतिमा तोकेको थियो ।

Womui
Womui