निर्मला पन्त हत्याका आरोपीलाई अदालतद्वारा १० दिन थुनामा राख्न आदेश

170

छिनछिन खबर
महेन्द्रनगर, भदौ ४ । भिमदत्त नगरपालिका – २ उल्टाखामकी १३ वर्षिया निर्मला पन्तलाई साथीको घरबाट फर्कने क्रममा साउन १० गते बलात्कार गरी हत्या गरेको आरोपमा अभियुक्त दिलिप सिंह बिष्टलाई कञ्चनपुर जिल्ला अदालतले १० दिन थुनामा राखी अनुसन्धान गर्न म्याद दिएको छ । कर्तव्य ज्यान मुद्दामा अदालतले थुनामा राख्ने म्याद दिएको हो ।

म्याद दिएपछि प्रहरीले पत्रकार सम्मेलन गरी घटना विवरण सार्वजनिक गरेको छ । प्रहरीका अनुसार घर फर्कने क्रममा निर्मलाको साइकलको चेन बिग्रिएको थियो । उनले देखेपछि बनाइदिने बहानामा नजिक गएर नजिकै उखुबारीमा लगेर बलात्कार गरेको आरोप लगाइएको छ । बलात्कारपछि पक्राउ पर्ने डरले उनले हत्या गरेको बयान दिएका छन् । घाँटी थिचेर उनले निर्मलाको हत्या गरेका हुन् ।

पन्लाई हत्या गर्ने बिष्ट यसअघि आफ्नै भिनाजुको हत्या घटनामा ९ वर्ष जेल बसेका थिए । उनी गत वर्ष जेठमा जेलबाट छुटेका हुन् ।अनुसन्धानमा आबद्ध प्रहरीका अनुसार उनी रिसाहा स्वभावका व्यक्ति हुन् । उनी स्थानीय होटलमा काम गर्दथे ।प्रहरीले घटनास्थलनजिकै उनलाई शंकास्पद अवस्थामा भेटाएपछि पक्राउ गरी सोधपुछ गर्दा २५ दिनपछि रहस्य खुलेको हो ।

Womui
Womui