कसले ग¥यो पूर्वराजदूत झाको हत्या ?

187

छिनछिन खबर
काठमाडौ, भदौ ४ । पूर्व राजदूत केशबराज झा मृत अवस्थामा भेटिएका छन् । उनको हत्या भएको आशंका गरिएको छ । थापाथलीस्थित आफ्नै बिस्तारामा उनी मृत भेटिएका थिए । उनको टाउकोमा छुरा प्रहार गरेको जस्तो चोट रहेको प्रहरीले जनाएको छ ।पूर्व राजदूत झाले फ्रान्सका लागि नेपाली राजदूत भएर काम गरेका थिए ।

फरेन्सिक विज्ञहरु बोलाएर घटनाको अनुसन्धान अघि बढाइएको काठमाडौं परिसरका डिएसपी मोहन थापाले बताए । घरमा उनी श्रीमतीसँग बस्दै आएका थिए । घरमा काम गर्ने युवक समेत थिए । घरबाट सामानहरु पनि केही चोरी भएको खुलेको छैन । घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको छ ।

Womui
Womui