फेरि पेट्रोलियम पदार्थको मूल्य बढ्यो, अब पेट्रोल प्रतिलिटर १११ रुपैयाँमा

116

छिनछिन खबर
काठमाडौं, भदौ ४ । नेपाल आयल निगमले एलपि ग्यास बाहेकका पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इन्डियन आयल कर्पाेरेसन (आइओसी) ले पठाएको नयाँ मूल्य अनुसार समायोजन गर्दा मूल्य बढ्न गएको निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले त्यसको असर नेपालमा पनि परेको हो । साथै अमेरिकी डलरको भाउ आकासिन थालेपछि निगमले इन्धनको मूल्य बढाएको हो ।


निगमका अनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर १ रुपैयाँ बृद्धि भएको छ भने डिजेल र मट्टीलेलमा प्रतिलिटर २ रुपैयाँका दरले बृद्धि गरिएको छ । नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १११ रुपैयाँ, डिजेल र मट्टीतेलको ९५ रुपैयाँ पुगेको छ । यसैगरी हवाई इन्धनको आन्तरिकतर्फ प्रतिलिटर ४ रुपैयाँ ५० पैसा बृद्धि भई १ सय ४ रुपैयाँ ५० पैसा पुगेको छ भने बाह्यतर्फ प्रतिहजार लिटरमा ५० डलर बढेकोे छ । यससँगै बाह्यतर्फको हवाई इन्धनको प्रतिहजार लिटर मूल्य १ हजार १ सय २५ रुपैयाँ पुगेको छ । मूल्य समायोजनसँगै निगमको घाटामा केही कमी आएको छ । यसअघि निगमलाई १५ दिनमा २५ करोड घाटा रहेकोमा मूल्य समायोजनसँगै उक्त घाटा ६ करोड २१ लाख रुपैयाँमा झरेको छ । पेट्रोलियम पदार्थमा निगमलाई नाफा भएपनि एलपीजी ग्याँसका कारण घाटा रहेको निगमले जानकारी दिएको छ ।

Womui
Womui