राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानको निधन

40

न्युयोर्क, भदौ २ (एजेन्सी) । संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानको शनिबार निधन भएको छ । ८० वर्षको उमेरमा उनको निधन भएको हो । उनी सन् १९९७ देखि २००७ सम्मका लागि दुई कार्यकाल राष्ट्रसंघको महासचिव भएका थिए । उनले नोबेल शान्ति पुरस्कार समेत प्राप्त गरेका थिए ।

राष्ट्रसंघकै करिअरबाट महासचिव बन्ने उनी पहिलो व्यक्ति हुन् । उनी घानामा जन्मिएका थिए ।

Womui
Womui