सय करोडभन्दा बढी खर्च गर्दैछन् रणवीर र दीपिका विवाहमा, यस्तो छ तयारी

134

मुम्बई, भदौ २ (एजेन्सी । बलिउडको चर्चित जोडी रणवीर सिंह र दीपिका पादुकोणको विवाहको मिति नजिकिएसँगै समर्थकमा उत्साह बढेको छ ।भारतीय मिडियाहरूले जनाएअनुसार रणवीर र दीपिकाको विवाह आगामी नोभेम्बर २० तारिखका दिन हुनेछ । अहिले दुवै परिवारले एकसाथ मिलेर शपिङ सुरु गरेको खबर छ । दुवै परिवारको ध्यान पहिले गरगहना खरिद गर्नेमा छ । गहना खरिद गरेपछि मात्र बाँकी तयारी गर्ने निकट स्रोतलाई उद्धृत गर्दै अमरउजालाले लेखेको छ । उनीहरूले पारम्परिक गहनाका अलावा चाँदीका केही खास गहनाहरू पनि किनेका छन् ।


विवाहमा रणवीर र दीपिकाका विशेष साथीहरू सहभागी हुनेछन् । विवाहमा करिब ३० जना सहभागी हुने अनुमान गरिएको छ ।
इटालीमा हुने विवाहपश्चात भारतमा रिसेप्सन पार्टी दिने तयारी छ । पार्टी मुम्बई र दीपिकाको गृहनगर बेंगलुरुमा हुनेछ । यो जोडीले विवाहमा भरपूर खर्च पनि गर्दैछन् । मिडियामा आएको खबर अनुसार यो जोडीले एक सय करोड भारु खर्त गर्ने अनुमान गरिएको छ ।
यसअघि अर्को चर्चित जोडी विराट कोहोली र अनुष्का शर्माले आफ्नो विवाहमा पनि करिब एक सय करोड खर्च गरेका थिए ।

Womui
Womui