घाईते पत्रकार अधिकारीलाई सहयोग हस्तान्तरण

129

प्रेस युनियन बाँकेको ‘संजिवनी’ अभियान 

नेपालगन्ज, भदौं २-
सडक दुर्घटनामा परेर घाईते भएका पत्रकार हरि अधिकारीको उपचारका लागि नेपाल प्रेस युनियन बाँकेले सहयोग रकम हस्तान्तरण गरेको छ । घाईते अधिकारीको सहयोगार्थ युनियन बाँकेले ‘संजिवनी’ अभियानमार्फत आफ्ना सदस्यहरुबाट संकलन गरेको नगद ३० हजार ५० रूपैयाँ हस्तान्तरण गरिएको हो । बाँकेको खजुरास्थित अधिकारी निवासमै पुगेर युनियन बाँकेका अध्यक्ष जयनारायण शाह, निर्वतमान अध्यक्ष नरेन्द्र थापा, केन्द्रिय पार्षद एवम् पत्रकार महासंघ प्रदेश पाँचका सचिव शुक्रऋषि चौलागाई, सचिव अर्जुन ओली, केन्द्रिय पार्षद नवीन गिरी र सदस्य गणेश राईले रकम हस्तान्तरण गरेका हुन् ।

सो क्रममा घाईते अधिकारीको स्वास्थ्य अवस्थाब बुझ्दै युनियनले शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको थियो । युनियन बाँकेका अध्यक्ष शाहले घाईते अधिकारीको पीडामा भावनात्मक रुपले सहयोग गर्न युनियनले संजिवनी अभियानमार्फत आफ्नै सदस्यबाट रकम संकलन गरेको बताएका थिए । पत्रकार अधिकारीलाई चाडो निको भएर नियमित काममा फर्केको आफुहरुले देख्न चाहेको शाहले सुनाए । सानो गत साउन पहिलो साता नेपालगन्जको ट्राफिक चोक नजिक मोटरसाईकल दुर्घटनामा परेर गम्भिर घाईते भएका अधिकारीको काठमाडौंस्थित अन्नपुर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । उनको टाउकोमा गम्भिर चोट लागेको थियो ।

अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका अधिकारीको स्वास्थ्यमा अझै पुर्ण रुपले सुधार भएको छैन । पत्रकार अधिकारी नेपालगन्जबाट प्रकाशित हुन बाँके पोष्ट दैनिकका सम्पादक तथा प्रकाशक हुन् । प्रेस युनियन बाँकेको टोली समक्ष अधिकारीले आफु पत्रिकाको नियमित काममा फर्किन आतुर रहेको बताएका थिए । ‘छिट्टै पुर्ण रुपमा निको भएर म मेरा पाठक तथा शुभेच्छुकका लागि पत्रिकालाई नियमित रुपमा प्रकाशन गर्नेछु,’ उनले भने ।

Womui
Womui