केरलामा बाढीका कारण मृत्यु हुनेको संख्या ३ सय नाघ्यो

39

केरला, भारत, भदौ २ (एजेन्सी) । भारतको केरला राज्यमा केही दिनदेखिको निरन्तर वर्षाका कारण मृत्यु हुनेको संख्या तीन सय बढी पुगेको छ । यो संख्या विगत २४ घन्टामा तीन गुणाले वृद्धि भएको अधिकारीहरूले बताएका छन् ।

केरलाका मुख्यमन्त्री पिनारायी विजयनले दिएको तथ्याङ्क अनुसार बाढी तथा पहिरोका कारण मृत्यु हुनेको संख्या ३२४ पुगिसकेको छ । यो संख्या अझै बढ्ने सम्भावना देखिएको सञ्चार माध्यमहरूले जनाएका छन् । मुख्यमन्त्री विजयनले केरलामा बाढीका कारण एक शताब्दी यताकै सबैभन्दा नराम्रोसँग प्रभावित भएको बताए ।

Womui
Womui