किन पक्राउ परे प्रकाण्ड सर्वाेच्चको आदेशमा छुटेलगत्तै

43

छिनछिन खबर
काठमाडौं, भदौ १ । सर्वाेच्च अदालतको आदेशमा छुटेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ फेरि पक्राउ परेका छन् । सर्वाेच्चको आदेशमा छुटेलगत्तै प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध अर्काे मुद्दामा रहेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

काभ्रेको एनसेलको टावर जलाएको अर्काे मुद्दामा उनी पक्राउ परेका छन् । उनलाई न्यायाधीशद्वय चोलेन्द्रशम्सेर राणा र तेजबहादुर केसीको इजलासले यस्तो आदेश गरेको थियो । सर्वाेच्च अदालतका मुख्य रजिष्ट्रार राजन भट्टराईको रोहवरमा छाड्न आदेश भएको थियो । प्रकाण्डलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै उनका छोरा नरेन्द्रहादुर सिंह विकले बन्दी प्रत्यक्षीकरण रिट आइतबार दायर गरेका थिए । बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले सर्वोच्चले ४८ घन्टाभित्र बन्दीसहित लिखित जवाफ दिन सरकारलाई निर्देशन दिएको थियो । चन्दा ऐन २०३० अनुसार काठमाडौं प्रहरीले उनीविरुद्ध कारबाही अघि बढाएको थियो । उनीमाथि ७ करोड चन्दा असुलेको आरोप छ ।

Womui
Womui