भारतको केरलामा शताब्दीकै भीषण बाढी, एक सयभन्दा बढीको मृत्यु

144

केरला (भारत), भदौ १ । अविरल वर्षापछि भारतको केरला राज्यमा आएको भीषण बाढीबाट मृत्यु हुनेको संख्या एक सय ६ पुगेको छ ।
बाढीबाट १ लाख ५० हजार विस्थापित भएका छन् । मुसलधारे वर्षापछि आएको बाढी र पहिरो परेर सयौँ मानिस हराइरहेको आशंका गरिएको छ भने हजारौं घर डुबानमा परेका छन् । यो बाढी शताब्दीको ठूलो भएको भारत सरकारको दावी छ ।


बाढीकै कारण केरलाको व्यस्त कोचिन विमानस्थल शनिबार सम्मका लागि बन्द गरिएको छ । १४ जिल्लाका सबै शैक्षिक संस्था समेत ठप्प छन्। मौसम विभागले केरलामा खतराको संकेत समेत दिएको छ । बाढी प्रभावितलाई यतिबेला सहायता प्रदान गर्ने कार्य जारी राखिएको राज्यका मुख्यमन्त्री पिनारायी भिजयानले बताएका छन् । उनले केरलामा इतिहासमै पहिलो पटक यतिठूलो प्राकृतिक प्रकोप देखा परेको बताए ।

Womui
Womui