पेरिसडाँडाबाट केन्द्रीय कार्यालय हटाउने नेकपाको निर्णय

476

छिनछिन खबर
काठमाडौँ साउन २४ । एकताअघि माओवादी केन्द्रको कार्यालय रहेको पेरिसडाँडामा एकीकृत नेकपाको केन्द्रीय कार्यालय नरहने भएको छ । एकताका क्रममा समान हैसियत दिने गरी दुबै पार्टीका केन्द्रीय कार्यालयलाई केन्द्रीय कार्यालयको मान्यता दिने पूर्व निर्णयलाई नेकपाले फेरबदल गरेको हो । नेकपा केन्द्रीय सचिवालयको बैठकले पेरिसडाँडामा केन्दीय कार्यालय नराख्ने निर्णय गरेको हो ।

‘पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा रहने निर्णय गरिएको छ’ केन्द्रीय सचिवालयको बैठकपछि प्रबक्ता नारायणकाजी श्रेष्ठले बताए । उनले पेरिसडाँडामा अब पार्टीका जनबर्गीय संगठन विभाग र अन्य आवस्यक निकायहरुको कार्यालय रहने बताए । एकतापछि नेकपाले धुम्बाराहीस्थित पूर्व एमालेको केन्द्रीय कार्यालय र पेरिसडाँडास्थित पूर्व माओवादी केन्द्रको केन्द्रीय कार्यालयलाई नेकपाको केन्द्रीय कार्यालय बनाउने निर्णय गरेको थियो । ३ जेठमा दुई पार्टीबीच एकता भई नेकपा बनेको भोलिपल्दै दुबै अध्यक्ष धुम्बाराही र पेरिसडाँडा पुगेर अध्यक्षको कार्यभार सम्हालेका थिए ।

Womui
Womui