एसिया कप छनोटका लागि नेपाली टिमको घोषणा, को को परे टोलीमा ?

49

छिनछिन खबर
काठमाडौं, साउन २४ । पारस खड्काको कप्तानीमा एसिसी एसिया कप छनोट प्रतियोगिताका लागि नेपाली टिमको घोषणा गरिएको छ । बिहीबार राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको छनोट समितिले १९ सदस्यीय टिम घोषणा गरेको हो ।
साउन २९ बाट हुने बन्द प्रशिक्षणका लागि पारस खड्का, अनिलकुमार साह, सन्दीप लामिछाने, सोमपाल कामी, वसन्त रेग्मी, प्रदीप ऐरी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, सुवास खकुरेल, किशोर महतो, ललित भण्डारी, ललितनारायण राजवंशी, मोहमद आरिफ शेख, रोहितकुमार पौडेल, सागर पुन, सुनील धमला, सुसन भारी छनौट भएका छन् ।

औँलाको चोटका कारण ब्याट्सम्यान शरद भेषवाकर भने टिमबाट बाहिरिएका छन् । आगामी भदौ ११ देखि २२ गतेसम्म मलेसियामा हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले ओमानसँग प्रतिस्पर्धा गर्नेभएको छ । ६ टिमबीच हुने प्रतिस्पर्धामा सिंगापुर, मलेसिया, ओमान, युएई, हङकङ, नेपाल सहभागी हुनेछन् । सहभागी ६ टिममध्ये नेपाल र युएई एकदिवसीय मान्यता प्राप्त राष्ट्र हुन्।प्रतियोगिताको विजेता टिम एसिया कपका लागि छनोट हुनेछ ।
Womui
Womui