क्षेत्रीले हस्तान्तरण गरे थापालाई प्रधानसेनापतिको कार्यभार

175

छिनछिन खबर
काठमाडौं, साउन २४ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले प्रधानसेनापतिको कार्यभार बलाधिकृत रथी पूर्णचन्द्र थापालाई हस्तान्तरण गरेका छन् । प्रधानसेनापतिबाट अवकाश प्राप्त गर्नु एक महिना अगावै बिदा बस्ने नेपाली सेनाको प्रचलित परम्परा अनुसार बिहीबार जंगी अड्डामा आयोजित एक समारोहकाबीच प्रधानसेनापति क्षेत्रीले कार्यभार हस्तान्तरण गरेका हुन् ।


नेपाली सेनामा सहायक सेनानी दर्जाबाट प्रवेश गरी करिब ४० वर्षसम्म अनवरत रुपमा सेवा गरी प्रधानसेनापतिको ओहदाबाट क्षत्रीले आगामी भदौ २४ गते नेपाली सेनाबाट अवकाश पाउनेछन् । थापालाई यही साउन १० गतेको नेपाल सरकार मन्त्री परिषद्को निर्णय बमोजिम साउन २५ गतेदेखि लागु हुने गरी प्रधानसेनापतिमा कायम मुकायम मुकर्रर गरिएको थियो ।

Womui
Womui