राप्तीपारीको बिद्युतीकरणमा सांसद नमुनाको चासो

296

नेपालगन्ज, साउन १८-
प्रदेश नम्बर ५ की सांसद कृष्णा केसी (नमुना) ले सोनारी–बघौडा ग्रामीण सामुदायिक बिद्युतीकरणको बिषयमा बिद्युत प्राधिकरणका अधिकारीसँग छलफल गरेकी छन् । शुक्रबार बिद्युत प्राधिकरण क्षेत्रीय कार्यालय नेपालगन्जमा पुगेर उनले कार्यालय प्रमुख लगायतका अन्य अधिकारीसँग लामो समयदेखि अलपत्र बिद्युतीकरणको बिषयमा छलफल गरेकी हुन् । केही दिनअघि मात्र मन्त्री परिषदको बैठकले कोहलपुर–धामपुर ३३ केभिए प्रसारण लाइनको राइ अफ वे निर्माणका लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेसँगै अब कसरी काम अगाडी बढाउन सकिन्छ भन्ने बिषयमा छलफल भएको थियो ।

सांसद नमुनाले कार्यालय प्रमुख मनोज सिंहलाई लामो समयदेखि रहेको मुख्य अवरोध हल भएको भन्दै बिद्युतीकरणको काम चाडो सम्पन्न हुने गरी प्रक्रिया अगाडि बढाउन आग्रह गरिन् । अब अनेक समस्या देखाएर राप्तीपारीका जनता बिजुली बाल्न पाउने अधिकारबाट बञ्चित हुनु हुदैन, उनले भनिन्, त्यसैले छिट्टै काम सम्पन्न हुनेगरी काम थाल्नुहोस् ।’ सांसद नमुनाले ३३ केभिए प्रसारण लाइनको लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय भइसकेको भन्दै यसलाई छिटो भन्दा छिटो प्रक्रिया अगाडी बढाउन कार्यालय प्रमुखलाई आग्रह गरिन् ।

अझैपनि प्रक्रिया पुर्याएर काम गर्दा कुनै समस्या आएमा आफु समस्या हलको लागि पहल गर्न तयारको रहेको उनले बताईन् । कार्यालय प्रमुख सिंहले निर्माण कम्पनी गुरुओम उष्मा प्रालिले चैत्र अन्तिमसम्म काम सक्नेगरी नयाँ सम्झौता गरेको जानकारी दिए । साविकको बैजापुर र नरैनापुर गाविसको लागि ११ हजार केभी प्रशारण लाइनको ठेक्का भएपनि डिजाइन स्वीकृत हुन नसकेको उनले बताए । पटक–पटक अट्किएको सो क्षेत्रको वितरण लाइनको लागि आफुले माथिल्लो तहमा पहल गर्ने प्रतिवद्धता जनाउने सांसद नमुनाले अन्य कुनै प्रक्रिया अगाडी बढ्न नसकेको भए त्यसको पनि पहल गर्ने बताईन् । तर कुनैपनि निहुँमा अब सोनारी-बघौडा ग्रामीण सामुदायिक बिद्युतीकरणको काम रोकिन नहुने भन्दै उनले चैतभित्र राप्तीपारीमा बिजुली बल्नुपर्ने बताईन् ।

साविक राप्तीपारीका ९ वटा गाविसका लागि ३३ केभिए प्रसारण लाइन, सबस्टेसन निर्माण तथा बैजापुर, नरैनापुर विद्युतीकरण, मटेहिया, कालाफाँटा, लक्ष्मणपुर, कटकुइँया, विनौना, फत्तेपुर, गंगापुरमा बिद्यूतीकरणका लागि छुट्टा-छुट्टै टेन्डर गरिएको छ ।

 

Womui
Womui