नेपालद्वारा १ रनले नेदरल्याण्ड पराजित

103

छिनछिन खबर
काठमाडौं, साउन १८ । नेदरल्याण्डसँगको दोस्रो एक दिवसीय क्रिकेटमा नेपालले घरेलु टोलीलाई १ रनले हराएको छ । शुक्रबारको खेलमा नेपालले दिएको २१७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्डले ५० ओभरको खेलमा सबै विकेट गुमाउँदै २१५ रन बनाउन सक्यो ।
उसका लागि वेस्ली वारेसीले सर्वा्धिक ७१ रन बनाए पनि त्यो जितका लागि पर्याप्त रहेन । नेदरल्याण्डलाई रोक्न नेपालका सन्दिप लामिछानेले ३ विकेट लिँदा ललित भण्डारीले २ विकेट लिए ।


कप्तान पारस खड्का, सोमपाल कामी, बसन्त रेग्मी र दिपेन्द्र सिंह ऐरीले १÷१ विकेट लिए । यसअघि नेपालका लाग कप्तान पारस खड्का र सोमपाल कामीले अर्धसतकीय पारी खेलेपछि निर्धारित ५० ओभरको खेलमा ४८.५ ओभरमा अलआउट हुँदै २१६ रन बनाएको थियो ।नेपालका लागि सोमपाल कामीले ५१ रन र कप्तान पारस खड्काले पनि त्यति नै रनको योगफल तयार पारे । । पहिलो पटक एक दिवसीय अर्धसतक प्रहार गर्ने क्रममा खड्काले ६९ बल खेल्दै ६ चौका र २ छक्का प्रहार गरे ।

यस्तै दीपेन्द्र सिंह ऐरी र सुवास खकुरेलले समान १९ रन बनाउँदा अनिल साह ४ र रोहित कुमार पौडेल ६ रनमा आउट भए । बसन्त रेग्मीलाई १ रनमा गुमाएको नेपालका लागि सन्दिप लामिछानेले ८ रन बनाएर आउट भए भने ललित भण्डारी ४ रनमा अभिजित रहे ।

Womui
Womui