प्रलोभनमा पारेर बालिका बेच्ने दलाल सक्रिय

26

उब्जन बम
बर्दिया, साउन १५–
नेपाली महिला तथा बालबालिकालाई प्रलोभनमा पारेर भारत पुर्याउने दलाल गाउँ–गाउँमा सक्रिय रहेको पाइएको छ । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ३ खाताबाट सोमबार दिउँसो ३ बजे विद्यालयबाट घर फर्किने क्रममा मानव दलालले बाटोबाटै दुई बालिकालाई भारत लैजाने प्रयास गरेका छन् ।
भारतमा काममा लगाईदिने प्रलोभनमा पारेर दलालले १६ वर्षीया सुश्मा शाही र १५ वर्षीया रेश्मी ओलीलाई अबैध नाकाबाट लैजान खोजेका हुन् । विद्यालयबाट बेलुकासम्म अबेर पनि घरमा नआएपछि अभिभावकले उनीहरुको खोजी सुरु गरेका थिए । बेपत्ता बालिका मंगलबार भारतीय सीमा सुरक्षा बल एसएसबीले उद्धार गरेको अवस्थामा उनीहरुका अभिभावकले फेला पारेका हुन् । बालिकालाई भगाएर लैजाने मानव दलाल फरार भएको एसएसबीले जनाएको छ । दलालको खोजीकार्य जारी रहेको बताइएको छ ।

Womui
Womui