जीवन बीमा कम्पनीले एक वर्षमा कमाए ५१ अर्ब, कुन बीमा कम्पनीले कति कमाए ?

94

सपना शर्मा
काठमाडौं, साउन १५ । जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७४÷७५ मा ५१ अर्ब २ करोड १३ लाख ९४ हजार १ सय ९५ रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । मुलुकमा सञ्चालित १८ वटा जीवन बीमा कम्पनीहरुले एक वर्षको अवधिमा उक्त परिमाणमा बीमा शुल्क आर्ज गरेका हुन् । यस अवधिमा पुराना बीमा कम्पनीहरुले ४७ अर्ब ९३ करोड ७७ लाख ९६ हजार २ सय ६९ रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।


अघिल्लो आर्थिक वर्षको तुलनामा पुराना बीमा कम्पनीहरुको बीमा शुल्क २३ दशमलव ७९ प्रतिशतले वृद्धि भएको छ । यी कम्पनीहरुले अघिल्लो आर्थिक वर्षमा ३८ अर्ब ७२ करोड ४४ लाख ७ हजार ७ सय ५९ रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । गत आर्थिक वर्षदेखि सञ्चालनमा आएका ९ बीमा कम्पनीहरुसमेत गरेर १८ वटा बीमा कम्पनीहरुको बीमा शुल्क आर्जनमा भने ३१ दशमलव ७६ प्रतिशतले वृद्धि भएको छ । सबै बीमा कम्पनीहरुको समेत गरेर आर्थिक वर्ष २०७४र७५ मा ५१ अर्ब २ करोड १३ लाख ९४ हजार रुपैयाँ बीमा शुल्क संकलन भएको हो ।

बीमा शुल्क आर्जन वृद्धिदर बढाउने पहिलो नम्बरमा एनएलआईसी कम्पनी देखिएको छ । यस कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा ३२ दशमलव ४१ प्रतिशतले बीमा शुल्क आर्जनमा वृद्धि गरेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी (एनएलआईसी) ले गत आर्थिक वर्षमा १६ अर्ब १८ करोड १ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षमा १२ अर्ब २१ करोड ९८ लाख रुपैयाँमात्रै आर्जन गरेको थियो ।

बीमा शुल्क आर्जन वृद्धिदरका आधारमा दोस्रो स्थानमा एशिएन लाइफ इन्स्योरेन्स कम्पनी देखिएको । एशियनले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ३१ दशमलव २९ प्रतिशतले वृद्धि गर्दै ३ अर्ब १ करोड १६ लाख ८१ हजार ४ सय ५५ रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो । यसैगरी सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले २९ दशमलव ७० प्रतिशतले बीमा शुल्क वृद्धि गर्दै तेस्रो स्थानमा देखिएको छ । एक वर्षमा यस कम्पनीले १ अर्ब ७३ करोड ५७ लाख ३५ हजार ५ सय ६७ रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

यसैगरी गुँरास लाइफ इन्स्योरेन्स कम्पनीले अघिल्लो वर्षको तुलनामा २५ दशमलव ४१ प्रतिशतले बीमा खुल्क बढाउदै आर्थिक वर्ष ०७४र७५ मा १ अर्ब ५२ करोड २२ लाख २० हजार ९ सय ४ रुपैयाँ आर्जन गरेको भने लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) ले सोही अवधिमा १० अर्ब ४९ करोड ९८ लाख ३९ हजार ३ सय ८८ रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा एलआइसी नेपालले २० दशमलव ५६ प्रतिशतले बढी बीमा शुल्क आर्जन गरेको हो ।

यसैगरी नेशनल लाइफले यस अवधिमा ५ अर्ब ९९ करोड ६७ लाख ७६ हजार २ रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा १८ दशमलव ५१ प्रतिशतले बढी हो । प्राइमले २ अर्ब ३७ करोड ८९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्दा सरकारी स्वामित्वको राष्ट्रि बीमा संस्थानले २ अर्ब ९९ करोड ६७ लाख ८५ हजार ४ सय ३२ रुपैयाँ आर्जन गरेको छ । वृद्धिदरका आधारमा भने बीमा संस्थान भन्दा प्राइम अगाडि देखिएको छ । अघिल्लो वर्षको तुलनमा प्राइमले १६ दशमलव शून्य ८ प्रतिशतले बीमा शुल्क बढाएको छ भने संस्थानले ८ दशमलव ८१ प्रतिशतले बढाएको छ ।

नयाँ बीमा कम्पनीमा युनियन अगाडि
बीमा शुल्क आर्जन गर्न चालु आर्थिक वर्षदेखि सञ्चालनमा आएका कम्पनीहरुबीच पनि प्रतिष्पर्धा देखिएको छ । चालु आर्थिक वर्षदेखि कारोबार शुभारम्भ गरेको युनियन लाइफ इन्स्योरेन्स बीमा शुल्क आर्जनका आधारमा नयाँ बीमा कम्पनीहरुमध्ये सबैभन्दा अगाडि देखिएको छ । यस कपनीले गत आर्थिक वर्षमा ८४ करोड ९४ लाख ९८ हजार १ सय ८४ रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । बीमा शुल्ककै आधारमा हेर्दा आईएमई लाइफ इन्स्योरेन्स कम्पनी दोस्रो स्थानमा देखिएको छ । यस कम्पनीले गत आर्थिक वर्षमा ५२ करोड २३ लाख ८५ हजार ९ सय ४२ रुपैयाँ आर्जन गरेको छ । ४२ करोड ७७ लाख ६६ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरी रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी तेस्रो स्थानमा देखिएको छ भने ४० करोड ३७ लाख ९८ हजार रुपैयाँ शुल्क आर्जन गरी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी चौथो स्थानमा देखिएको छ ।

यसैगरी सोही अवधिमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी २९ करोड ६९ लाख ७५ हजार ६ सय ६५ रुपैयाँ बीमा शुल्क आर्जन गरेर पाँचौ स्थानमा देखिएको छ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी २८ करोड ४९ लाख ९६ हजार ३ सय ९० रुपैयाँसहित छैठौं स्थानमा र प्रभु लाइफ इन्स्योरेन्स ११ करोड ७७ लाख ३४ हजार ४ सय ८३ रुपैयाँ बीमा शुल्क सहित सातौ स्थानमा देखिएको छ । यस अवधिमा ८ करोड ६४ लाख ५१ हजार ७ सय ७७ रुपैयाँ बीमा शुल्क कमाएर रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी आठौं र ९ करोड ३९ लाख ९१ हजार ४ सय ९५ रुपैयाँ आर्जन गर्दै अन्तिम स्थानमा देखिएको छ ।

Womui
Womui