कम्युनिस्ट प्रजातन्त्रवादी हुँदैनन्ः देउवा

74

छिनछिन खबर
नवलपरासी, साउन १२ । प्रमुख प्रतिपक्ष दल नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट प्रजातन्त्रवादी हुन नसक्ने दाबी गरेका छन् । उनले कम्युनिष्टहरु प्रजातन्त्रवादी हुन नसक्ने भएकाले संवैधानिक व्यवस्था अनुसार मुलुकलाई अघि बढाउन आफ्नो पार्टीले प्रयास गरिरहेको समेत बताए ।

पार्टी निकट कानुन व्यवसायीहरुको संगठन नेपाल डेमोक्रयाटिक लयर्स एशोसिएसनको १० औँ राष्ट्रिय महाधिवेसनलाई नवलपरासीको गैंडाकोटमा शनिबार उद्घाटन गर्दै उनले सरकार आफैंले आन्दोलनको निम्तो दिईरहेको दाबी पनि गरे ।
सभापति देउवाले त्रिभुवन विश्वविद्यालयलगायतका विश्वविद्यालयका उपकुलपति र विपी कोइरालाको नाममा स्थापना गरिएका संस्थाहरु हटाइए सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिए ।

Womui
Womui