नेपाली कामदार नरोक्न मलेसियाको आग्रह

113

छिनछिन खबर
काठमाडौं, साउन १२ । रोजगारीका लागि नेपाली कामदार पठाउन मलेसियाले आग्रह गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दुई महिनाअघि मलेसिया रोजगारी सम्बद्ध चार संस्था खारेज गरेपछि दुई महिनादेखि मलेसिया रोजगारी बन्द छ । मलेसिया जाने कामदार रोएिकपछि पहिलोपटक त्यहाँको सरकारले पत्रकार सम्मेलन गरी कामदार पठाउने क्रम नरोक्न नेपाललाई आग्रह गरेको हो । मलेसियाका मानव संसाधन मन्त्री एम कुलाशेगरले नेपाललाई निर्णय पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका हुन् ।


मन्त्री एम कुलाशेगरले मलेसियाको विदेशी कामदार ल्याउने प्रक्रिया सबै देशहरूमा एउटै भएको र नेपालका विषयमा यसलाई हटाउन नसकिने बताए । मलेसिया जान भिसा प्रोसेसिङका लागि वन स्टप सेन्टर र भिएलएन नेपालसहित ५७ देशमा छ । भिसा प्रोसेसिङका लागि मलेसियन सरकारले निजी कम्पनीहरूलाई एउटै प्रक्रियाबाट ल्याउन सहमति गरेका कारण नेपालको हकमा पनि त्यसलाई उल्टाउन नसकिने मन्त्रीले बताएका छन् । नेपाली कामदारसहित मलेसिया विदेशी कामदारमै निर्भर रहेको भन्दै उनले कामदार पठाउने देशको यस्तो निर्णयले मलेसियाको प्रगतिमै असर पर्ने बताएका छन् ।

नेपाली कामदारमा विषयमा देखिएको समस्या समाधानका लागि मलेसियन सरकार उपयुक्त विकल्प खोजी गरिरहेको उनले बताए ।
’तेस्रो पक्षीय कम्पनीले एकतर्फी रूपमा कामदारलाई अनावश्यक रूपमा रकम असुलेको बारेमा मलेसियाको सरकार जानकार छ,’ मन्त्री कुलाशेगरनले भने, ’यो निर्णय अघिल्लो सरकारकै पालामा भएको हो ।’समस्या समाधान गर्न दुई देशका सरकारबीच सम्झौता गरेर अर्थात जी टु जी प्रणालीमार्फत् समस्या समाधान गर्न सकिने उनको भनाइ छ । मलेसिया जाने कामदारसँग विभिन्न संस्थाले गैरकानूनी रूपमा रकम लिएर ठगी गरेको भन्दै सरकारले मलेसिया जान रोक लगाएको छ । जेठ २ गतेसम्म प्रक्रिया पूरा गरेका कामदार भने मलेसिया जान सक्ने छन् । मलेसियामा नेपाली कामदार रुचाइएको छन् । हालसम्म मलेसिया नेपालको पहिलो गन्तव्य रहँदै आएको छ ।

Womui
Womui