चुम्लिङटार बस दुर्घटनाः मृतकको संख्या ८, घाइते १७ को उपचार हुँदै

156

छिनछिन खबर
चितवन, साउन ११ । इच्छाकामना गाउँपालिका ३ चुम्लिङ्टारमा शुक्रबार भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
दुर्घटनामा १७ यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार दुर्घटनामा पाल्पा बेगनासकालिका गाउँपालिकाका अर्जुन न्यौपाने, तनहुँ भानु नगरपालिकाका– ५ का सुमित श्रेष्ठ, तनहुँ भन्सारकी कमला श्रेष्ठ, काठमाडौंका रवीन गुरुङ, तनहुँ केशवटारका बाबुराम तिवारी र भारत बेतियाका फिरोज मियाको मृत्यु भएको छ ।


यसैगरी, मृत्यु भएका एक महिला र एक बालकको सनाखत हुन सकेको छैन । दुर्घटनामा परी घाइते भएकामध्ये ६ जनाको पुरानो मेडिकल कलेज भरतपुर, ४ जनाको मनकामना अस्पताल भरतपुर, ५ जनाको मणिपाल अस्पताल पोखरा र १÷१ जनाको छाउनी अस्पताल र गजुरी अस्पतालमा उपचार भइरहेको छ। । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। ।
े काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ना ६ ख २५०६ नम्बरको बस र विपरीत दिशाबाट काठमाडौंतर्फ गइरहेको ना ५ ख ७४०९ नम्बरको ट्रक ठोक्किँदा बस त्रिशुली नदी किनारनजिक खोल्सामा खसेको थियो । बसले काठमाडौँबाट ३० जना यात्रु लिएर हिँडेको प्रहरीले जनाएको छ ।
रासस

Womui
Womui