जोशीबारेको निर्णय सर्‍यो, सुनुवाई समितिको बैठक स्थगित

45

छिनछिन खबर

काठमाडौं, साउन ११।  संसदीय सुनुवाई विशेष समितिको शुक्रबार बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको छ ।प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको नाम अनुमोदन गर्ने वा थप छानबिन गर्ने भन्ने विषयमा निर्णय गर्न बोलाइएको बैठक आइतबारसम्मका लागि स्थगित भएको हो ।


शुक्रबार बोलाइएको बैठक अन्तिम समयमा स्थगित भएको सूचना दिइएको समितिका एक सदस्यले जानकारी दिए ।यसअघि प्रस्तावित प्रधानन्यायाधीश जोशीको बिहीबार सुनुवाई गरी शुक्रबार निर्णय गर्ने भनिएको थियो ।तर जोशीको शैक्षिक प्रमाणपत्रमा विवाद भएको र त्यसबारेमा अध्ययन चलिरहेकाले बैठक स्थगित गरिएको एक सदस्यले जानकारी दिए ।

Womui
Womui