पुनर्निर्माणका लागि भारतले दियो नेपाललाई २ अर्ब १० करोड

48

काठमाडौं, साउन ११ । पुनर्निर्माणका लागि भारतले नेपाललाई २ अर्ब १० करोड ४३ लाख रुपैयाँ उपलब्ध गराएको छ ।
भूकम्पपछिको पुनर्निर्माणका लागि भारत सरकारले अनुदान सहायता उपलब्ध गराउने प्रतिबद्धताअनुरुप शुक्रबार त्यो रुपैयाँ नेपाल सरकारलाई उपलब्ध गराएको हो ।

अर्थमन्त्री युवराज खतिवडाको उपस्थितिमा अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले अर्थसचिव राजन खनाललाई उक्त रकमको चेक हस्तान्तरण गरे । गोरखा र नुवाकोटका ४२ हजार ८६ वटा निजी घर निर्माणका निम्ति अनुदानस्वरुप उक्त रकम नेपाल सरकारलाई उपलब्ध गराइएको हो । त्यस अवसरमा राजदूत पुरीले ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने वर्तमान सरकारको लक्ष्य प्राप्तिमा भारतले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

दुई देशबीच भएका सम्झौता इमान्दारीपूर्वक कार्यान्वयन गर्न भारत दृढ रहेको पुरीको भनाई थियो । कार्यक्रममा सचिव खनालले पुनःनिर्माणलगायत शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा पनि भारत सरकारले उल्लेख्य सहायता उपलब्ध गराएको स्मरण गरे ।
रासस

Womui
Womui