स्याङ्जा जाँदै गरेको बस त्रिशूलीमा खस्यो, ६ जनाको मृत्यु, २२ घाइते

220

छिनछिन खबर
काठमाडौं, साउन ११ । काठमाडौंबाट स्याङ्जाको वालिङका लागि छुटेको यात्रुबहाक बस शुक्रबार चितवनको इच्छाकामना गाउँपालिका ३ चुम्लिङटारमा दुर्घटना हुँदा ६ जना यात्रुको मृत्यु भएको छ।

 

दुर्घटनामा परेर ३ महिला, २ जना पुरूष र एक बच्चाको मृत्यु भएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले सेतोपाटीलाई जानकारी दिए।ना ५ प ७४०९ नम्बरको ट्रकसँग ठक्कर खाँदा ना ६ ख २५०६ नम्बरको बस त्रिशूली नदी किनारमा खसेको हो। सडकबाट करिब सय मिटर तल खसेको बस खोँचमा अड्किएको थियो।मृतकहरुको सनाखद हुन सकेको छैन।२२ जना घाइतेलाई उपचारका लागि भरतपुर लगिएको सप्रजिअ बाँस्कोटाले जानकारी दिए।उक्त बसमा २८ जना यात्रु सवार रहेको उनले बताए। नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीय बासिन्दाले घाइते र मृतकको उद्धार गरेका हुन्।

Womui
Womui