प्रधानन्यायाधीशमा सिफरिस जोशीको सुनुवाइ सकियो अनुमोदन गर्ने नगर्ने निर्णय भोलि सुनाइने

123

छिनछिन खबर
काठमाडौं, साउन १० । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको संसदीय सुनुवाइ सिंहदरबारस्थित राज्य व्यवस्था समितिको हलमा भएको थियो । उनलाई अनुमोदन गर्ने वा नगर्ने निर्णय भने भोलि सम्मलाई सारिएको छ ।संसदीय सुनुवाइ विशेष समितिमा उनी विरूद्ध पाँचवटा उजुरी परेका छन् ।

 

जिल्ला, उच्च र सर्वोच्चसम्म कार्य सम्पादनमा क्रममा जोशीले कार्य क्षमताको अभाव देखाएको भन्दै यस्ता उजुरी दर्ता भएका हुन् । प्रधानन्याधिस पदका लागि चैत १३ मा न्याय परिसदले दिपकराज जोशी ओमप्रकाश मिश्र चोलेन्द्र शमशेर जबराको नाम संवैधानिक परिषदमा पठाएको थियो ।

संवैधानिक परिषदले जोशीको नाम मात्र प्रधान न्यायधिसका लागि सिफारिस गरि संसदिए सुनुवाई समितिमा पठाएको थियो । संसदिय सुनुवाई समिति निर्माण हुन ढिलाई हुँदा लामो समयदेखि जोशी कायममुकायम रहँदै आएका छन् । बिहिबार दिउँसो साढे १ बजेदेखि जोशीको सुनुवाइ सुरू गरिएको थियो ।

सुनुवाइ लगत्तै निर्णय सुनाउने परम्परा पहिलो पटक तोडिएको छ ।यसअघि प्रधानन्यायाधीशका लागि संसदीय सुनुवाइ गरिसकेपछि केहिबेरमै निर्णय दिने चलन थियो ।संवैधानिक परिषद्ले सिफारिस गरेर पठाएका व्यक्तिले संसदीय सुनुवाइबाट अनुमोदन पाए राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने व्यवस्था छ ।

Womui
Womui