२४ गतेदेखि सेनाको कमान्ड पूर्णचन्द्र थापाले सम्हाल्ने

37

छिनछिन खबर
काठमाडौं, साउन १० । प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अवकाश पाउनुभन्दा डेढ महिना पहिले नै सरकारले नेपाली सेनाको भावी नेतृत्वबारे निर्णय गरेको छ । साउन २४ गतेदेखि रथी पूर्णचन्द्र थापालाई सेनाको कामु प्रधानसेनापतिको जिम्मेवारी दिन राष्ट्रपति समक्ष सिफारिस गर्ने बिहीबारको मन्त्रिपरिषद् बैठकले निर्णय भएको छ ।


प्रधानसेनापति क्षत्रीले भदौ २४ गतेदेखि अवकाश पाउँदैछन् । एक महिनाअघि बिदामा बस्ने परम्पराअनुसार उनले साउन २४ गतेदेखि बिदामा बस्ने छन् । सोही दिनदेखि थापाले सेनाको कमाण्ड सम्हाल्नेछन् । सेनाका २ रथीमध्ये थापा सिनियर हुन् । उनलाई प्रधानसेनापति क्षत्रीले नै भावी प्रधानसेनापतिका रुपमा अघि बढाएका थिए । २ वर्षे शान्ति मिसनमा फोर्स कमाण्डरका रुपमा गएका उनलाई एक वर्षमै फिर्ता बोलाइएको थियो ।

Womui
Womui