नेपाल भित्रियो वायुसेवाको दोस्रो वाइडबडी विमान

117

छिनछिन खबर
काठमाडौं, साउन १० । नेपाल वायु सेवा निगम (एनएसी) ले दोस्रो वाइडबडी विमान भित्राएको छ । ए ३३०–२०० सिरिजको विमान बिहीबार त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमान स्थलमा अवतरण भएको हो ।

‘मकालु’ नाम दिइएको विमानको कल साइन ९ एनएलजेट छ ।नयाँ विमानलाई विमानस्थलमा मन्त्रालय र निगमका अधिकारीहरुले स्वागत गरेका थिए ।

निगमले युरोपेली कम्पनी एयरबसले उत्पादन गरेको जहाज अमेरिकाको एएआर कम्पनीसँग किनेको हो । विमानको लागत २ सय ९ दशमलव ६ मिलियन अमेरिकन डलर अर्थात २१ अर्ब ९० करोड रूपैयाँ छ ।

यसअघि गत असार १४ गते निगमले पहिलो वाइडबडी विमान भित्राएको थियो । उक्त विमानलाई ‘अन्नपूर्ण’ नाम दिइएको थियो ।

Womui
Womui