प्रधानमन्त्री र डा. केसीपक्षबीच मध्यरातमा बार्ता के अब  तोडिएला त अनसन ?

30

छिनछिन खबर
काठमाडौं, साउन १० । अनसनरत डा गोविन्द केसीका माग सम्बोधन गर्न मंगलबार र बुधबार साँझसम्म भएका वार्तामा सहमति जुट्न नसकेपछि बालुवाटारमा बुधबार मध्यरातमै पुन अर्को वार्ता भएको छ । उक्त वार्ता सकारात्मक भएको बताइएको छ । सरकारले गठन गरेको वार्ता टोलीले सहमति जुटाउन नसकेपछि प्रधानमन्त्री केपी ओलीले नै अग्रसरता देखाएका हुन् ।

डाक्टर गोविन्द केसी

उक्त वार्तामा केसीका तर्फबाट डा. अभिषेक सिंह र अधिवक्ता सुरेन्द भण्डारी रहेका थिए भने सरकारकातर्फबाट सरकारी वार्ता टोलीसहित डा. दिव्यासिंह साह तथा नेकपाका नेता समेत रहेका सुवासचन्द्र नेम्वाङ सहभागि थिए ।बुधबार भएको वार्ता असफल भएपछि राति १२ वजे पुनः बालुवाटारमा वार्ता भएको नेता नेम्वाङले बताए । उनका अनुसार ‘रातिको वार्ता सकारात्मक छ, सम्भवत आजै लिखित सहमति गरेर डा. केसीको अनसन तोडिने सम्भावना भएको जानकारी दिए ।

नेम्वाङले भने प्रधानमन्त्री पनि समस्या समाधानमा सकारात्मक हुनुहुन्छ ।’मध्यरातको सहमतिअनुसार केसीका माग समेटेर विधेयकमा सहमति जुटाउने जिम्मा डा. केदारभक्त माथेमा, मेडिकल काउन्सिलका डा. धर्मकान्त बास्कोटा र डा. दिव्यासिंह शाहलाई दिइएको छ । सोही अनुसार माथेमासहितको टोलीले बिहीबार पुन प्रधानमन्त्रीसँग समेट्ने बुँद्धाबारे छलफल गरेको बालुवाटार श्रोतले जनाएको छ ।

त्यो विषय विधेयकमा मिलाउने जिम्मा नेकपा संसदीय दलका उपनेता समेत रहेका नेम्बाङलाई दिइएको छ । बुधबार साँझ दुवैतर्फका वार्ता टोलीबीच भएको छलफलमा सरकारी पक्षले केसीका मागप्रति वेवास्ता गरेको भन्दै सकिएको थियो । त्यसक्रममा केसी पक्षधर माग पूरा गर्ने सुनिश्चित नभएसम्म वार्तामा नवस्ने भन्दै बाहिरिएको थियो ।

Womui
Womui