विश्वकप फुटबलले रसियाको अर्थतन्त्रमा ३० अर्ब डलरको योगदान

126

काठमाडौं, साउन १० (एजेन्सी) । २२ आंै संस्करणको विश्वकप फुटबल प्रतियोगिताबाट रसियाको अर्थतन्त्रमा करिब ३० अर्ब डलरको योगदान पुगेको प्रारम्भिक विश्लेषण गरिएको छ । अर्थतन्त्र सुधार र आफ्नो आर्थिक शत्तिमा बृद्धि गर्नका लागि पनि विश्वभरका देश विश्वकप आयोजना गर्न हौसिने गर्छन् । रसियाले पनि सोही अपेक्षा अनुसार प्रतियोगिता आयोजना गर्न जुटेको थियो । फिफा विश्वकपले मात्रै रसियामा २ लाख २० हजार नयाँ रोजगारी सिर्जना गरेको थियो ।

फुटबल खेलाडीको खान बस्न खर्च ापत ४० मिलिनय र खेलाडी तथा अन्यको बीमा वापत ३२ मिलियन खर्च गरिएको थियो । सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा फुटबलको सर्वोच्च निकाय फिफाले ४.८ विलियन अमेरिकी डलर आम्दानी गरेको रिर्पोट सार्वजनिक गरेको थियो । उक्त रिर्पोट अनुसार फिफाले २.२ विलियन ब्राजिलमा खर्च गरेको थियो ।

सन् २०१४ मा फिफाले टेलिभिजन प्रत्यक्ष प्रसारण वापत २.४ विलियन, १.६ विलियन स्पोनसरशिपबाट र ५ सय २७ मिलियन अमेरीकी डलर टिकट विक्रि गरेर आम्दानी गरेको बताएको थियो ।रसियाका विभिन्न ११ सहरमा जुन १४ तारिखसम्म सञ्चालन भएको विश्वकपले रसियाको अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको बताइएको छ ।

२०१८ को विश्वकप १० लाख विदेशी नागरिक र ७० हजार रसियनले प्रत्यक्ष रंगशालामै गएर फुटबल हेरेका थिए । विश्वकपका लागि भन्दै रसियाले १२ वटा रंगशाला तयार गरेको थियो।विश्वकपलाई नै लक्षित गरेर रसियाले ११ वटा विमानस्थलको स्तारोन्नती गरेको थियो । ३ वटा नयाँ मेट्रो स्टेसन र १२ वटा नयाँ सडक निर्माण गरिएका थिए । । यसका अलवा रसियाले १३ वटा नयाँ अस्पताल पनि तयार गरेको थियो भने २७ वटा नयाँ पाँच तारे होटल निर्माण गरेको थियो ।

विश्वकपको तयारीका लागि रंगशाला निर्माण र पुननिर्माणमा मात्रै १३ हजार जनाले रोजागरी पाएका थिए । फुटबल खेल हुने विभिन्न ११ वटा सहरमा ७१ प्रतिशतले विदेशी पर्यटक बढेका थिए ।रसिया विश्वकप आयोजक बन्ने घोषणा भएपछि मात्रै त्यहाँका खेलकुद विद्यालयमा भर्ना हुने विद्यार्थीको संख्या १४ प्रतिशतले बृद्धि भएको थियो । रसियामा आधिकारीक रुपमा दर्ता भएका फुटबल क्लबमा खेलाडीको संख्यामा बृद्धि भएर ७ लाख ५० हजार पुगेको थियो ।

विश्वकप र यौन बजार
विश्वकपको अर्को महत्पूर्ण आकर्षण यौन पनि हो । विश्वकप हुने देशमा विश्वभरबाट यौनकर्मी पुग्ने गरेको बताइन्छ । रसिया विश्वकप २०१८ का लागि नाइजेरियाबाट करिब २० लाख यौनकर्मी पुगेको विभिन्न रिपोर्टले देखाएका छन् । रसियामा वेश्यावृति गैरकानूनी मानिँदैन ।
रसियामा ५० डलर देखि ६ सय डलरसम्म तिरेर यौनकर्मी उपलब्ध हुन्छन् ।

रसियामा १६ वर्ष माथि यौन कानूनी मानिन्छ । युरो मेडियल पेपरका अनुसार रसियामा डाक्टरको संख्या भन्दा धेरै यौनकर्मीको संख्या छ ।
रसियामा १९ औँ शताब्दीको अन्ततिर मात्रै यौन व्यवसायलाई कानूनी मान्यता दिईएको थियो । भेनेजुयलाका प्रशिक्षकले खेलाडीलाई विथोल्न यौन व्यवसायी राखिने गरेको आरोप पनि लगाएका थिए । यसका अलवा नाइजेरियाका कोचले आफ्ना खेलाडीलाई विश्वकपभरी कुनै पनि युवतीसँग नजिकिनबाट रोक लगाउने बताएका थिए ।

यतिमात्रै होइन गत संस्करणको विश्वकप विजेता जर्मनीले पनि आफ्ना खेलाडीलाई विश्वकपको दौरान यौन सम्पर्क गर्न प्रतिबन्ध लगाएको थियो । तर रसियाले भने खेलाडी बस्ने होटलको कोठामा कण्डम राखिने घोषणा गरेको थियो । सन् २०१४ को विश्वकपमा ब्रजिलले १० लाख यौनकर्मीलाई आधिकारीक रुपमा विश्वकपभरी यौन व्यवसाय गर्न अनुमति दिएको थियो । विश्वकपमा कतिपय दर्शक यौनकै लागि पुग्ने बताइन्छ ।

रुसले एक कदम अगाडी बढ्दै सेक्स रोबोट होटल पनि सञ्चालन गरेको मस्कोमा द डल्स होटलमा यौनकर्मी रोबट राखेको थियो । यौनकर्मी रोबटको लागि ग्राहकले प्रतिघण्टा ८० अमेरीकी डलर तिरेका थिए । होटलमा विभिन्न साइजका ५ वटा रोबट राखिएको थियो । सन् २०१० मा अफ्रिकामा भएको विश्वकपमा ४० हजार यौनकर्मीलाई अनुमति दिइएको थियो भने त्यहाँ ४ लाख भन्दा धेरै कण्डम बिक्री भएको बताइन्छ ।

Womui
Womui