रसुवा पहिरोमा बेपत्ता ४ जनाको शव भेटियो

33

छिनछिन खबर
रसुवा, साउन १० । रसुवाको गोसाईकुण्ड गाउँपालिका–२, टिमुरेमा पहिरोमा बेपत्ता ४ जनाको शव भेटिएको छ । २ घर पुरिएकोमा बेपत्ता भएका ७ जनामध्ये ४ जनाको शव भेटिएको रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए । पौडलका अनुसार बेपत्ता भएका अन्यको खोजी कार्य भइरहेको छ ।


गएराति अविरल वर्षासँगै आएको पहिरोले २ घर तथा प्रहरी चौकी समेत पुरेको थियो। पहिरोमा परि १२ जना घाइते भएका छन् । घाइते १२ जनाको उद्दार गरिएको छ। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

Womui
Womui