नेपाल विद्यार्थी संघको महाधिवेसन कात्तिकमा

42

छिनछिन खबर
काठमाडौैं, साउन १० । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघकाको १२ औं महाधिवेसन कात्तिकमा हुने भएके छ । अध्यक्ष नैनसिंह महरले आगामी कात्तिक २३ गतेभित्र नेविसंघको १२ औँ महाधिवेसन सम्पन्न गर्ने जानकारी दिए ।


त्यसका लागि नेविसंघको निर्देशन समितिको बैठक चलिरहेको र त्यस समितिले छिट्टै मिति घोषणा गर्ने उनले बताए । उनले असन्तुष्ट पक्षसँग पनि छिटै मिलाप हुने र एकताबद्ध हुने दाबी गरे । संघका महामन्त्री कुन्दनराज काफ्लेले वर्तमान अध्यक्षले मनोमानि गरेको र नेविसंघ विधिसम्मत नचलेको गुनासो गरे । उनले २२ सदस्यीय पदाधिकारीलाई विधान विपरित अध्यक्ष महरले तीन जना थपेर २५ पु¥याएको बताए ।
नेविसंघ भित्रको विवाद पार्टीले मिलाउने प्रयास गरिरहेको छ ।

Womui
Womui