मतदान केन्द्रनजिक विस्फोट हुँदा प्रहरीसहित २५ को मृत्यु

31

इस्लामावाद, साउन ९ (एजेन्सी) । पाकिस्तानमा बुधबार भइरहेको केन्द्रीय र प्रान्तीय सभाको मतदानका क्रममा भएको हिंसामा परी प्रहरीसहित २५ जनाको ज्यान गएको छ । दक्षिणपूर्वी सहर क्वेट्टआको एक मतदान केन्द्र नजिक भएको विस्फोटमा परी दर्जनौं मानिस घाइते भएका छन् ।

मारिनेमा पाँच जना प्रहरी र २ जना बालबालिका छन् । अहिलेसम्म कुनै पनि समूहले विस्फोटको जिम्मा लिएको छैन । चुनावी प्रचारका क्रममा अहिलेसम्म भएका हिंसामा परी एक उम्मेद्वारसहित १ सय जनाको मृत्यु भइसकेको छ। २ सय ७० सदस्यीय संघीय संसद र ५ सय ७७ सदस्यीय प्रान्तीय सभा सदस्यका लागि आज पाकिस्तानमा मतदान भइरहेको छ । चुनावी सुरक्षाका लागि ३ लाख ७० हजार सेना परिचालन गरिएको छ। ९५ पार्टीका ११ हजार ६ सय ७६ उम्मेद्वार चुनावी मैदानमा छन् ।

Womui
Womui