दुर्गा प्रसाईंलाई कारबाहीको माग गर्दै कांग्रेसद्वारा राष्ट्रियसभा बैठक अवरुद्ध

116

छिनछिन खबर
काठमाडौं, साउन ९ । नेपाली कांग्रेसको अबरोधका कारण बुधबारको राष्ट्रिय सभाको बैठक अवरुद्ध भएको छ । आपत्तिजनक अभिव्यक्ति दिने अस्पताल व्यवसायी दुर्गा प्रसाईंलाई कारबाहीको माग गर्दै का्रंग्रेसले राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको हो ।
े बैठक सुरु भए लगत्तै नेपाली कांग्रेसका सांसद बद्री पाण्डेले बंगलादेशमा अध्ययनरत छात्राको बारेमा गरेको टिप्पणीका कारण कानुनमन्त्री शेरबहादुर तमाङले राजिनामा दिएको तर व्यवसायी प्रसाईंलाई कानुनी कारबाही नभएको बताए ।


‘अनसनरत डा गोविन्द केसीको माग सम्वोधन र प्रसाईंमाथि कानुनी कारबाही नभएसम्म यो सदन चल्दैन।’, पाण्डेले भने, ‘सरकार दुई तिहाईको दम्भ छाडेर हिजोदेखि वार्तामा आएको कुरा सकारात्मक छ तर यसलाई थप दबाव दिन जरुरी छ ।’ उनले सरकारले यसअघि जारी गरेको राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेशलाई सदनबाट पास गर्नुको सट्टा तोडमोड गर्ने काम भएकोले नै डा केसीले १५औं पटक अनसन बस्नु परेको र आज २६ दिन पुगेको स्मरण गराए । बगंलादेशमा अध्ययन गर्ने छात्रा मात्र नभई अभिभावक समेतलाई असर पर्ने गरी अभिव्यक्ति दिएका ‘अस्पताल व्यवसायी प्रसाईंलाई किन छाडा छोडिएको’ भन्दै उनले सरकारसँग जवाफ माग गरे । सांसद पाण्डेले जुम्ला घटनाको निस्पक्ष छानबिनको समेत माग गरे । प्रतिपक्षको अवरोधपछि राष्ट्रियसभाको बैठक आगामी साउन १६ गते ११ बजे बस्नेगरी स्थगित भएको छ ।

Womui
Womui