कानुनमन्त्री शेरबहादुर तामाङले भावुक हुँदै दिए राजीनामा

89

छिनछिन खबर
काठमाडौं, साउन ८ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तामाङले पदबाट राजीनामा दिएका छन् । उनले मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी पदबाट राजीनामा दिएका हुन् ।केही दिनअघि एउटा कार्यक्रममा बंगलादेशमा मेडिकल शिक्षा पढ्न गएका छात्राबारे दिएको अभिव्यक्तिका कारण मन्त्री तामाङ विवादमा परेका थिए । सामाजिक सञ्जालमा आलोचना बढ्दै गएपछि उनले विज्ञप्ति जारी गर्दै ’छात्राहरुलाई पर्न गएको चोटप्रति क्षमा’ मागेका थिए ।

मन्त्री तामाङले गत चैत २ गते सपथ लिएका थिए ।राजीनामा दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री तामाङले भावुक हुँदै आँशु झारेका थिए । उनले भने महिला अधिकारका बारेमा धेरै कुरा गरे पनि अहिले आँफूलाई महिला विवादले नै लखेटेको उनको भनाइ छ । उनले आफ्नो विरोधमा केही तत्व पछाडी लागेको बताए ।आँफू पनि गरिब पृष्ठभूमिबाट आएको र कसैको कुभलो हुने काम नगरेको उनको भनाई छ ।

उनले पत्रकार सम्मेलनलाई दुई चरणमा विभाजन गरेका थिए । पहिलो चरणमा उनले आफूले मन्त्री भएर गरेको कामको चर्चा गरेका थिए । दोस्रो चरणमा उनले राजीनामा घोषणा गरेका थिए ।उनले बंगलादेशमा पढ्ने छात्राबारे दिएको अभिव्यक्ति स्तम्भ भई बोल्ने क्रममा बोलेको बताए ।

बोलेका कुराको पूर्ण पृष्ठलाई टाउको र खुट्टा काटेर बीचको भागमात्रै पोस्ट गर्दै अझ बढाइचढाइ र अतिरञ्जित पार्दै मेरा बारेमा गलत र षडयन्त्रमूलक समाचारहरु आएको पाउँदा अति दुखित भएको तामाङले बताए।  मेरा पार्टीका मित्रहरुको नामबाट उहाँहरुको अनुमति बिनै सामाजिक सञ्जालमा राजीनामा माग भएको समाचार गलत ढंगले आएको र सामाजिक सञ्जालमा खण्डन गरेको बताएका छन् ।

तामाङले आफ्नो पदभन्दा पनि प्रतिष्ठाको कदर गर्ने व्यक्ति भएकाले मन्त्री पदबाट राजीनामा दिनुपर्छ भन्ने ठानी नैतिकताको आधारमा राजीनामा दिएको जनाए ।

Womui
Womui