छोरा छोरीका साथ साउने सोमबार पशुपतिको दर्शन गर्दै हिमानी

198

छिनछिन खबर
काठमाडौं, साउन ७ । पूर्वयुवराज्ञी हिमानी शाहले सोमबार पशुपति दर्शन गरेकी छन् । शाह वर्षको पहिलो साउने सोमबारका दिन दुई छोरी र छोरासँगै दर्शनका लागि पशुपति पुगेकी हुन् ।केही सहयोगीसहित पशुपति पुगेकी उनले झण्डै आधा घण्टा मन्दिर परिसरमा बिताइन् ।

हर्षित मुद्रामा देखिएकी शाह परिसरमा देखिएका दर्शनार्थी तथा शुभेच्छुकलाई मन्द मुस्कानसहित अभिवादन गर्दै मन्दिर तर्फ अघि बढेकी थिइन् । पूजा गरेर फर्कंदा पनि शुभेच्छुकलाई मभन्द मुस्कान सहित अभिवादन गरेर गाडी चढेर फर्किइन् ।

पति पारससँग उनको सम्बन्ध सुमधुर नभए पनि छोरा छोरी सहित उनी उस्तै उमंगका साथ सार्वजनिक समारोह तथा कार्यक्रमहरुमा देखिने गरेकी छन् । शाह पूजाआजा र धर्मकर्ममा बढी विश्वास गर्छिन् ।

Womui
Womui